न्यूजील्याण्डविरुद्ध टी२० सीरीजमा श्रीलंकाको लगातार दोस्रो हार

IMG-20241230-WA0229

माउण्ट माउन्गानुई (न्यूजील्याण्ड): न्यूजील्याण्डले सोमवार दोस्रो टी२० अन्तर्राष्ट्रिय म्याचमा श्रीलंकालाई ४५ रनले पराजित गऱ्यो। यस जीतको साथै आयोजक न्यूजील्याण्डले ३ वटा म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। न्यूजील्याण्डले सोमवार टिम रबिन्सन (४१ रन), मार्क चापम्यान (४२) र मिचेल हे (अविजित ४१) को उत्कृष्ट ब्याटिंगको सहायताले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनायो। जवाफमा श्रीलंकाई टीम १९.१ ओभरमा १४१ रन बनाएर अलआउट भयो। श्रीलंकाले एक समय नवौं ओभरसम्म एक विकेटमा ७१ रन बटुलिसकेको थियो तर टीमले पछिबाट ७० रन बनाएर रहल ९ विकेट गुमायो। कुसाल परेराले ४ वटा चौका र २ वटा छक्काको साथ ३५ बलमा ४८ रन बनाए। यसबाहेक ओपनर पाधुम निस्सांकाले २८ बल खेलेर ३७ रन बनाए। कीवि बलरहरूमा जेकब डफीले सर्वाधिक ४ विकेट लिए। यसअघि बे ओवल मैदानमा टस हारेर पहिला ब्याटिंग गर्ने न्यूजील्याण्डका ओपनर रचिन रविन्द्र (०१) शुरुमै आउट भएपछि रबिन्सन र चापम्यानले दोस्रो विकेटको निम्ति ६९ रनको पार्टनरशीप गरी स्कोर ८२ पुऱ्याए। रबिन्सनले ३ वटा चौका र २ वटा छक्काको सहायताले ३४ बलमा ४१ रन बनाए। यसरी चापम्यानले २ वटा छक्का र २ वटा चौकाको साथ २९ बलमा ४२ रन बनाए। यी दुईजना आउट भएपछि मिचेल हे- ले आक्रामक ब्याटिंग गर्दै टीमलाई मजबूत स्कोरसम्म पुऱ्याए। हे-ले १९ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। श्रीलंकाई बलरहरूमा स्पिनर वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement