दिव्यांगहरुको बैठक फलप्रद भएको जिल्ला शासकको दाबी

0-0-40ea046b-5a7c-48e2-96c0-ec88fa72bd47

कालचिनी: कालचिनी खण्ड दिव्यांग संघद्वारा विगत १६ अगस्तको दिनदेखि विविध मागहरु समेटेर आमरण अनशन शुरु गरेको थियो भने दिव्यांगहरुको दीर्घ लम्बित मागहरुलाई न त नेता न नै ब्लक औ जिल्ला प्रशासनले गम्भीरतापूर्वक नलिएकोमा अन्ततः कालचिनी खण्ड दिव्यांग संघको सदस्यहरुले गुनासो गरेका थिए। अन्ततः उक्त अबेर साँझ अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणाले ३१ सेप्टेम्बरभित्र दिव्यांगहरुसित बैठक गरेर उनीहरुको समस्या सुनेर यसको हल निकालिने आश्वासन दिए पश्चात दिव्यांगहरुले आमरण अनशन फिर्ता लिएको थियो।

तर ३१ सेप्टेम्बर बितेर जाँदा पनि कुनै बैठकको छाँटकाट नदेख्दा आजदेखि कालचिनी खण्ड दिव्यांग संघको सदस्यहरुले पुनः कालचिनी बीडीओ कार्यालय अघि आमरण अनशन बस्ने प्रस्तुति लिइरहेकोबीच बिहीबार अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणा स्वयं कालचिनी बीडीओ कार्यालयमा आएपछि उनले बीडीओ कार्यालयमा सत्तारूढ़ तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवलगायत अन्यान्य नेतृत्वहरुको पनि उपस्थितिमा दिव्यांगहरुसित बैठक गरेको थियो।

उक्त बैठकमा दिव्यांगहरुसित सकारात्मक चर्चा भएको र उनीहरुको कतिपय दाबीहरु जस्तै जीआर प्रदान, मानविक भत्ता, दिव्यांग प्रमाणपत्र, शिविर साथै अन्यान्य समस्याहरु लिएर यसलाई जिल्ला अनि ब्लक प्रशासनको सहयोगितामा समाधान गर्ने आश्वासन दिएको तर कतिपय दाबीहरु सरकारी पोलिसीभित्रको परेकोले यसलाई राज्यको उच्च अधिकारी समक्ष पठाईने जिल्ला शासक सुरेन्द्र कुमार मीणाले जनाएका छन्। यता बैठक फलप्रद भए पनि यदि आउँदो केही दिनभित्रै क्रियान्वयन नभए पुनः दिव्यांगहरु आमरण अनशनमा बस्ने चेताउनी पनि कालचिनी खण्ड दिव्यांग संघको सचिव विवेक कामीले दिएका छन्। बैठकमा उपस्थित तृणमूल कालचिनी ब्लक सभापति वीरेन्द्र बारा उराँवले पनि दिव्यांगहरुको समस्या लिएर स्वयं जिल्ला शासक उपस्थित भएर सकारात्मक चर्चा भएको र चाँढ़ै दिव्यांगहरुको दाबी पुरा हुने आशा रहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement