राजगञ्ज: वर्षको अन्त्यमा समाजसेवी संस्थाका सदस्यहरुले अभावमा परेकाहरुलाई खाद्यान्न र लnत्ताकपडा वितरण गरेका छन्। सोमबार सिलगढीको परोपकारी संस्था नवदिगन्त सांस्कृतिक तथा समाज कल्याण संगठनले सरस्वतीपुर चिया बगानका अभावमा परेका महिलाहरूलाई खाद्य सामग्री र जाडो लुगा हस्तान्तरण गरेको छ।
नवदिगन्त समाजसेवा संस्थाले वर्षमा दुईपटक दुर्गम क्षेत्र र चिया बगानमा गएर खाँचोमा परेकालाई खाद्यान्न र लत्ताकपडा वितरण गर्ने संस्थाकी सदस्य नवनिता गुप्ताले बताइन्। त्यसैगरी आज सरस्वतीपुर चिया बगानका करिब ८० जनालाई खाद्यवस्तु र जाडोमा लगाउने न्यानो लुगा हस्तान्तरण गरिएको छ।










