उत्तर बंग मेडिकल कलेज तथा अस्पतालमा ट्रली र ह्वीलचेयर नहुँदा बिरामीका परिवार आक्रोशित

IMG-20240717-WA0001

सिलगढी: उत्तर बंग मेडिकल कलेज तथा अस्पतालमा लामो समयदेखि ट्रली र ह्वीलचेयरको समस्या छ। लामो लाइनमा उभिएपछि पनि ट्रली वा ह्वीलचेयर पाइँदैन। ट्रली वा ह्वीलचेयर उपलब्ध भए पनि बोक्ने मान्छे छैनन्। यसले गर्दा टाढा-टाढाबाट आउने बिरामी र तिनका परिवारलाई समस्या झेल्नु परिरहेको छ।
उत्तरबंग मेडिकल कलेज र अस्पतालमा उपचारका लागि धेरै मानिस आउने गरेका छन्। स्ट्रेचर, ट्रली र स्वास्थ्यकर्मीको अभाव छ। चिकित्सा पूर्वाधार ध्वस्त भएको छ। उत्तर बंग मेडिकल कलेज एण्ड हस्पिटलका बिरामी कल्याण समितिका प्रदेश सरकारका प्रतिनिधि गौतम देवले यो समस्या छिट्टै समाधान गर्ने आश्वासन दिए।
तर यो समस्याहरु दिन प्रतिदिन बढ्दै गएको छन्। आज विरामीका परिवारले चिकित्सा अधिकारीहरु विरुद्ध आक्रोश व्यक्त गरेका छन्।
करिब एक-दुई घण्टा लाइनमा बस्दा पनि ट्रली वा ह्वीलचेयर नभेटेको र पाए पनि ढुवानी गर्नुपर्छ भनि बिरामीका आफन्तले बताए। जसका कारण धेरै समस्या झेल्नुपरेको बताएका छन्।
अर्कोतर्फ, उत्तर बंग मेडिकल कलेज एण्ड अस्पतालका सुपरिटेन्डेन्ट सञ्जय मल्लिकले बाहिरबाट डाक्टरलाई भेट्न ठूलो संख्यामा बिरामी आउने गरेको बताए। आवश्यकताको तुलनामा ट्रली वा ह्वीलचेयर पर्याप्त नभएको उनले बताए। बिरामीको चाप बढी भएकाले बिरामीका आफन्तले ट्रली तान्न बाध्य छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement