दक्षिण इथियोपियाको सिदामा क्षेत्रमा आइतबार यात्रु बोकेको ट्रक पुल पार गर्ने क्रममा गालाना नदीमा खसेर भएको सवारी दुर्घटनामा परी ७१ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। क्षेत्रीय सञ्चार कार्यालयका अनुसार सो दुर्घटनामा परी घाइते भएकाहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। प्रति व्यक्ति कार स्वामित्व दर कम भए पनि इथियोपियामा घातक ट्राफिक दुर्घटनाहरू अपेक्षाकृत सामान्य छन्। सडकको कमजोर अवस्था, लापरवाह सवारी चलाउनु, त्रुटिपूर्ण इजाजतपत्र प्रणाली र सुरक्षा नियमहरूको ढिलो कार्यान्वयन प्रमुख कारणहरू मानिन्छन्।











