अलिपुरद्वारमा पिकअप भ्यान पल्टिँदा १८ फुटबल खेलाडी घाइते

IMG-20241227-WA0178

अलिपुरद्वार: पिकअप भ्यान पल्टिँदा १८ फुटबल खेलाडी घाइते भएका छन्। यो घटना अलिपुरद्वारको ढल्कोर पुटीमारीमा राष्ट्रिय राजमार्ग ३१ सी मा भएको होl प्राप्त जानकारी अनुसार, शामुकतलाबाट २२ जनाको फुटबल टोली पटकापारामा एक प्रतियोगितामा भाग लिन गइरहेको थियो।
त्यसपछि पुतिमारीको ३१ सी राष्ट्रिय राजमार्गमा टोटोलाई बचाउन खोज्दा पिकअप भ्यान अनियन्त्रित भई ३० फिट तल खसेको थियो। घटनापछि स्थानीय बासिन्दाले उद्धार कार्य सुरु गरेका छन्। १० जनालाई अलिपुरद्वार जिल्ला अस्पतालमा भर्ना गरिएको छl जसमध्ये ३ जनाको अवस्था गम्भीर छ। घाइते सबै शामुकतला र रैडक चिया बगानका बासिन्दा हुन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement