गुवाहाटी(असम): असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले घोषणा गरेका छन्, नयाँ वर्ष २०२५-लाई ‘पढ़ने वर्ष’ (ईयर अफ रीडिंग)-को रूपमा मनाइनेछ।
उनले भने, यस घोषणाबाट पहिला नै समाज व्यवस्थाको आधार राखिएको छ जहाँ पढ़्नेलाई प्रोत्साहन मिलोस्। मुख्यमन्त्रीले सोमवार सामाजिक संचार प्लेटफर्म एक्सको माध्यमबाट यो जानकारी गराए, वर्ष २०२४मा २५९.७ करोड़ रुपियाँको लागतबाट राज्यमा २५९७ आधुनिक सुविधायुक्त पुस्तकालयहरूको निर्माणलाई स्वीकृति दिइएको छ। यो कदमले शिक्षा र ज्ञानलाई प्रश्रय दिने दिशामा राज्य सरकारको प्रतिबद्धतालाई दर्शाउँछ।