कोही नभएको घरमा चोर सुनका गरगहनासहित एक लाख रुपियाँ चोरी गरेर चम्पट

IMG-20241230-WA0210

सिलगढी: फुलबारी इलाकामा चोरहरूले दिउँसो सुनका गहनासहित एक लाख रुपियाँ नगद चोरेको समाचार छ। घटनापछि फुलबारी क्षेत्रमा हंगामा मच्चिएको छ। बल्होसा मोड नजिकै जामुरिभिटा क्षेत्र फुलबारीबाट चोरको समूहले सुनका गरगहनासहित करिब एक लाख रुपियाँ चोरी गरी फरार भएको बताइएको छ। घर खाली देखेर चोरहरुले पहिले घरको ढोकाको ताला तोडेर भित्र पसेर अल्मिरा तोडेर करिब एक लाख रुपियाँ र सुनका गरगहना चोरेको बताइएको छ। पारिवारिक स्रोतका अनुसार महिला घर नजिकै रहेको औषधि पसलमा औषधी किन्न गएको एक घण्टा मात्रै भएको थियो। यसैबीच चोरहरूले घरमा चोरी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement