गोलाघाट (असम): गोलाघाट पुलिसले पुलिस रिजर्भ गोलाघाटमा लागु औषध नष्ट गर्ने कार्यक्रम आयोजना गरी १करोड़ ३६लाख ३९हजार ६सय रुपियाँ मूल्यका बरामद भएका लागु औषध नष्ट गरिएको छ। यो कदमले नशामुक्त समाज र जन सुरक्षा सुनिश्चित गर्ने दिशामा पुलिसको प्रतिबद्धतालाई दर्शाउँछ।
गोलाघाट पुलिसले सोमवार सामाजिक संचार प्लेटफर्म एक्सको माध्यमबाट यस कार्यक्रमको जानकारी साझा गरेका छन्।