नाम्चीमा पैह्रो गएर चारवटा घरलाई क्षति

IMG_20220901_193756.jpg

नाम्ची: नाम्ची नगर परिषदअन्तर्गत डम्बूडाँडा वार्डमा बुधबारदेखि लगातार परेको पानीले पैह्रो गएर चारवटा घरलाई क्षति पुऱ्याएको छ। यस पैह्रोमा कसैको ज्यान नगए पनि पुण्यदेउ चौधरीको घरलाई भने व्यापक क्षति पुऱ्याएको छ।
अचानक पैह्रो गएपछि ज्यान बचाउन सुरक्षित स्थानतर्फ लाग्दा कागजपत्रहरू निकाल्न चौधरी परिवारले नपाएको बताइएको छ। पैह्रो बिहान लगभग ८ बजी गएको थियो। यस पैह्रोले दानियल राई र अनिल प्रधानको घर अनि ग्रेस पेन्टिकोस्टल फेलोसिप चर्चलाई क्षति पुऱ्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement