सोनादा: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्डसको सहयोगमा जेसीबी दिएर मुण्डाकोठीको स्वर घारी गाउँमा बाटो खन्ने कार्य शुरु भएको छ। उक्त गाउँमा बाटो खन्ने कार्य शुरु गर्नलाई ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको नेतृत्व संगिता छेत्रीको उपस्थितिमा बाटो खन्ने कार्य शुरु गरिएको जानकारी प्राप्त भएको छ। यस विषयमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको नेतृत्व संगिता छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै मुण्डाकोठीको स्वर घारीमा धेरै वर्षदेखि बाटोको समस्या रहेको थियो र मुण्डाकोठीको पहलमा साथै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्डसको सहयोगमा जेसीबी दिएर बाटो खन्ने कार्य शुरु गरिएको जानकारी गराएका छन् उनले यहाँ बाटो नभएकोले स्थानीयहरुले धेरै असुविधा झेल्न परिरहेको र बिमारीहरुलाई अझ बेसी समस्या भएको जानकारी गराएका छन्। यहाँ बाटो खन्ने कार्य शुरु गरिएपछि स्थानीय गाउँलेहरुले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्ड्सलाई सामुहिक रुपमा धन्यवाद दिएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




