तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट: जर्जियन एफसी कालेबुङ सेमी फाइनलमा प्रवेश

IMG-20241230-WA0204

खरसाङ: जर्जियन एफसी कालेबुङ तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको सेमी फाइनलमा प्रवेश गरेको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट अन्तर्गत सोमबार जर्जियन एफसी कालेबुङ र नर्थ बेंगल फुटबल क्लब सिलगढीमाझ तेस्रो क्वाटर फाइनल खेल सम्पन्न भएको छ। यस खेलको पहिलो हाफमा जर्जियन एफसी कालेबुङको जर्सी नम्बर १० देवाशिष राईले गोल गरेर बढत बनाएका थिए। पहिलो हाफको खेल -० को अन्तरमा‌ समाप्त भएको थियो। यसको साथै दोस्रो हाफको खेलमा पनि जर्जियन एफसी कालेबुङको जर्सी नम्बर २२ प्रवीण सुब्बाले गोल गरेका थिए। अर्कोतिर नर्थ बेंगल फुटबल क्लब सिलगढीले कुनै गोल गर्न नसकेपछि जर्जियन एफसी कालेबुङले यो खेल २-० को अन्तरले जित्दै तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको सेमी फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा म्यान अफ् द म्याच जर्जियन एफसी कालेबुङको जर्सी नम्बर २२ प्रवीण सुब्बा चयन भएका छन्। आजको खेलमा मुख्य अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति एवम् घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई उपस्थित रहेका थिए‌। अब मंगलबार हुने खेल सुन्दर हराईचा मोरङ नेपाल र युकेएफसीमाझ सम्पन्न हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापाले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट फाईनल खेल आगामी १२ जनवरीमा‌ होइन तर दुई दिन अघि १० जनवरी शुक्रबारको दिन सम्पन्न हुने जानकारी गराएका छन्‌‌। उनले दुईवटा सेमी फाइनल भने पूर्व निर्धारित समय ४ र ५ जनवरीमा नै सम्पन्न हुने जानकारी गराएका छन्। उनले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टमा विजेता दललाई ट्रफीको साथमा नगदराशि दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने भएको जानकारी गराएका छन्‌। उनले तीनधारे लगायत वरिपरिका फुटबल प्रेमीहरुलाई तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको अबको महत्वपूर्ण खेलहरु हेर्नलाई उपस्थित भईदिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement