जलपाईगढी: गृहमन्त्री अमित शाहको टिप्पणीको विरोधमा बृहत्तर वाम ऐक्यले जलपाईगढीमा धिक्कार जुलुस निकाल्यो। सोमबार साँझ, बृहत्तर वाम ऐक्यले जलपाईगढी शहरमा धिक्कार जुलुस निकाल्यो। गृहमन्त्रीले डा बीआर अम्बेडकर विरुद्ध अभिव्यक्ति दिएको भन्दै त्यसले देशको संविधानको आधारभूत भावनामा चोट पुर्याएको प्रदर्शनकारीहरूले बताएका छन्। यसका लागि देशैभर विभिन्न संघसंस्थाले विरोध जुलुस निकालिरहेका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




