प्रधानमन्त्री आवास योजना विषयमा भागोप्रमोद्वारा खरसाङ महकुमा शासकलाई ज्ञापन

IMG-20241230-WA0195

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीद्वारा प्रधानमन्त्री आवास योजनाबारेमा लाभार्थीहरुलाई लिएर झट्टै सभा गरिदिने मांग गर्दै खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएका छन्। यस अवसरमा भागोप्रमो खरसाङ टाउन कमिटी, नारी शक्ति, महकुमा समिति प्रतिनिधि, नारी शक्ति महकुमा समितिको संयुक्त रूपमा खरसाङ महकुमा अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापन पत्रमा उल्लेख गरेका छन् कि खरसाङ नगरपालिकामार्फत् प्रधानमन्त्री आवास योजना (हाउजिग फर अल) का घरहरू निर्माण कार्यका कतिपय रकमहरू लाभार्थीहरूले समयमा नपाएको विषयलाई लिएर झट्टै पहल गरी सभा राखिदिने एवं सरकार समक्ष अवगत गराईदिने अनुरोध गरेको जानकारी प्राप्त भएको छ। उक्त विषयलाई लिएर खरसाङ नगरपालिका पक्षलाई पनि केही दिन अघि नै ज्ञापन पत्र चढाएर सभा पनि गरेको बताइएको छ। यसको साथै खरसाङ नगरपालिका उच्च अधिकारीहरूसंग उक्त प्रधानमन्त्री आवास योजना विषयलाईबलिएर भागोप्रमो पार्टी पक्षबाट पनि कलकत्ता जाने निधो गरिएको जानकारी टाउन कमिटि कार्यवाहक सचिव बीरबल पाख्रिनले जानकारी दिएका छन्। उनले खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भागोप्रमोले खरसाङ नगरपालिका क्षेत्रमा प्रधानमन्त्री आवास योजनाको लाभार्थीहरुलाई रकमको अनियमितता विषयमा जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको जानकारी गराएका छन्‌‌।

उनले भागोप्रमो सदैव लाभार्थीहरुको पक्षमा‌ उँभिएको बताउँदै योभन्दा पहिला पनि प्रधानमन्त्री आवास योजना विषयमा खरसाङ नगरपालिकालाई ज्ञापन पत्र बुझाएको बताएका छन्‌। बीरबल पाख्रिनले भागोप्रमोले ज्ञापन पत्र बुझाएको आधारमा नै खरसाङ महकुमा शासकले प्रधानमन्त्री आवास योजनाको लाभार्थीहरुलाई लिएर सभा बोलाउने भएको पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement