सैन्य प्रशिक्षण केन्द्र हाम्रा सैनिकहरूका भविष्यको की चुनौतीहरूको सामना गर्नका लागि तैयार गरिरहेका छन्: रक्षामन्त्री राजनाथ सिंह

The Union Minister for Defence, Shri Rajnath Singh at Army War College, in Mhow, Madhya Pradesh on December 30, 2024.

नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंहले ३० दिसम्बर २०२४ मा मध्य प्रदेशको महूस्थित आर्मी वार कलेज (एडब्ल्युसी) मा अधिकारीहरूलाई सम्बोधन गर्दै भने, ‘आजको तीव्र रूपमा परिवर्तन भइरहेको समयमा सीमावर्ती प्रविधिहरूमा दक्षता हासिल गर्नु समयको आवश्यकता हो। सैन्य प्रशिक्षण केन्द्रहरूले हाम्रो सैनिकलाई भविष्यका चुनौतीहरूको सामना गर्नका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।‘ युद्धको स्वरूपमा भइरहेको आमूल परिवर्तनलाई उजागर गर्दै उनले भने, ‘सूचना युद्ध, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित युद्ध, छद्म युद्ध, विद्युतीय-चुम्बकीय युद्ध, अन्तरिक्ष युद्ध र साइबर हमलाजस्ता गैर-परम्परागत तरिकाहरूले आजको समयमा ठूला चुनौतीहरू खडा गरिरहेका छन्। रक्षामन्त्रीले सशस्त्र बललाई यस्ता चुनौतीहरूको सामना गर्न थप प्रशिक्षित र सुसज्जित हुनुपर्ने कुरामा जोड दिए। उनले महूस्थित प्रशिक्षण केन्द्रहरूको यस्ता प्रयासमा महत्वपूर्ण योगदानका लागि प्रशंसा गरे। बदलिँदो समयसँगै आफ्ना पाठ्यक्रमहरूमा निरन्तर सुधार गरी सबै प्रकारका चुनौतीहरूको सामना गर्न योग्य जनशक्ति तयार गर्ने केन्द्रहरूको प्रयासको उनले प्रशंसा गरे।

रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारको २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने भिजनलाई प्रकाश पारे। वर्तमान समयलाई संक्रमणकालका रूपमा उल्लेख गर्दै उनले भने, ‘भारत निरन्तर प्रगतिको बाटोमा अघि बढिरहेको छ, र तेज गतिमा उत्पादन केन्द्रको रूपमा उदाउँदैछ। सैनिक दृष्टिकोणले हामी आधुनिक हतियारहरूले सुसज्जित हुँदै गइरहेका छौं। हामी अन्य देशहरूलाई मेड-इन-इण्डिया उपकरण निर्यात पनि गर्दैछौं। हाम्रो रक्षा निर्यात, जुन एक दशकअघि झण्डै २,००० करोड रुपैयाँ मात्र थियो, आज २१,००० करोड रुपियाँभन्दा माथि पुगेको छ। २०२९ सम्म ५०,००० करोड रुपियाँको रक्षा निर्यात लक्ष्य राखेका छौं।‘ रक्षामन्त्रीले तीनवटै सेनाहरू (थलसेना, जलसेना र वायुसेना) बीच एकता र एकजुटता मजबुत पार्ने सरकारको प्रतिबद्धता दोहोर्‍याए र विश्वास व्यक्त गरे कि आगामी समयमा सशस्त्र बलहरू थप सक्षम र कुशलताका साथ चुनौतीहरूको सामना गर्न सक्षम हुनेछन्।

महू क्यान्टोनमेन्टमा सबै शाखाका अधिकारीहरूलाई उच्चस्तरीय प्रशिक्षण दिइने तथ्यको उनले प्रशंसा गरे। अधिकारीहरूलाई इन्फ्यान्ट्री स्कूलमा हतियार प्रशिक्षण, मिलिटरी कलेज अफ टेलिकम्युनिकेसन इन्जिनियरिङ (एमसीटीई) मा एआई र संचार प्रविधि, र एडब्ल्युसीमा जुनियर र सिनियर कमाण्डमा नेतृत्व जस्ता क्षेत्रमा प्रशिक्षणमार्फत एकताका सम्भावना बढाउन आग्रह गरे। रक्षामन्त्रीले भारतलाई संसारको सबभन्दा सशक्त आर्थिक र सैन्य शक्तिहरूमध्ये एक बनाउने सरकारको दृढ प्रतिबद्धता पुनः दोहोर्याए। उनले भने, ‘आर्थिक समृद्धि त्यही बेला सम्भव हुन्छ जब सुरक्षा व्यवस्थामा पूर्ण ध्यान दिइन्छ। सुरक्षा व्यवस्था पनि त्यही बेला बलियो हुन्छ जब अर्थतन्त्र बलियो हुन्छ। दुवै एकअर्काका पूरक हुन्। सन् २०४७ सम्ममा हामी केवल एक विकसित राष्ट्र मात्र बन्नेछौं, तर हाम्रो सशस्त्र सेना पनि संसारकै सबभन्दा आधुनिक र सबभन्दा बलियो सेनामध्ये एक हुनेछ।’

रक्षामन्त्री राजनाथ सिं ले भने, ‘भविष्यमा केही अधिकारीहरूले रक्षा अताशेको रूपमा काम गर्नेछन् र उनीहरूले वैश्विक स्तरमा राष्ट्रिय हितहरूलाई सुरक्षित गर्ने प्रयास गर्नुपर्छ। जब तपाईं रक्षा अताशेको पद सम्हाल्नुहुनेछ, तब तपाईंले सरकारको ‘आत्मनिर्भर भारत’ दृष्टिकोणलाई आत्मसात गर्नुपर्छ। आत्मनिर्भरता मार्फत मात्र भारतले आफ्नो रक्षा क्षमतालाई सुदृढ गर्न र विश्व मञ्चमा थप सम्मान हासिल गर्नसक्छ।’ रक्षामन्त्री राजनाथ सिंहले अधिकारीहरूलाई डा भी आर अम्बेडकरको समर्पण र भावना भएका मूल्यहरूलाई आत्मसात गर्न आग्रह गरे। उनले बाबासाहबलाई केवल भारतीय संविधानका निर्माता मात्र नभई एक दुरदर्शी मार्गदर्शकका रूपमा पनि वर्णन गरे। उनले विशेष गरी युवाहरूलाई बाबासाहबका मूल्य र आदर्शहरूसँग परिचित गराउन सरकारको प्रतिबद्धता पुनः पुष्टि गरे। सिमानाहरूलाई सुरक्षित गर्न र प्राकृतिक प्रकोपहरूको समयमा सबैभन्दा पहिले सेवा दिने सशस्त्र बलहरूको प्रशंसा गर्दै रक्षामन्त्रीले भने, ‘राष्ट्रको सुरक्षाका लागि यो समर्पण र लगातार परिवर्तनशील संसारमा आफूलाई अद्यावधिक गर्ने भावना नै हामीलाई अरूभन्दा अगाडि लैजान सक्छ।’

रक्षामन्त्री राजनाथ सिंहलाई आर्मी वार कलेज (एडब्ल्युसी) मा कमान्डेन्ट लेफ्टिनेन्ट जनरल एचएस साहीले संघर्षका सम्पूर्ण आयाममा युद्ध लड्नका लागि सैन्य नेताहरूलाई प्रशिक्षण र सशक्त बनाउने दिशामा संस्थानको भूमिका र महत्वबारे जानकारी दिए। उनलाई बहु-डोमेन सञ्चालनमा संयुक्तता, प्रशिक्षण पाठ्यक्रममा प्रविधिको समावेश र सीएपीएफ अधिकारीहरूको प्रशिक्षणसँगै शैक्षिक संस्था, विश्वविद्यालय र उद्योगहरूसँग गरिएका आदानप्रदान कार्यक्रमहरू मार्फत प्रशिक्षण पद्धतिमा भएका महत्वपूर्ण कदमहरूको जानकारी दिइयो। मित्र राष्ट्रका अधिकारीहरूलाई प्रशिक्षण दिने र सैन्य कूटनीतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने माध्यमबाट संस्थानले हासिल गरेको वैश्विक प्रभावबारे पनि उहाँलाई जानकारी दिइयो। यस अवसरमा थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी र भारतीय सेनाका अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। यसअघि रक्षामन्त्रीले इन्फेन्ट्री मेमोरियलमा शहीदहरूलाई पुष्पाञ्जलि अर्पण गरे। रक्षामन्त्रीले २०२४ दिसम्बर  २९ मा महूमा एडब्ल्युसी, एमसीटीई, इन्फेन्ट्री स्कूल र आर्मी मार्कस्म्यानशिप युनिटको भ्रमण गरे। उनले भने, ‘यी सबै प्रतिष्ठानहरूले देशको स्वर्णिम अतीत र बलियो, समृद्ध र उज्ज्वल भविष्यको संगम बनाउँछन्।‘ उनले एमसीटीईमा सञ्चालित क्वान्टम टेक्नोलोजी ल्याब र एआई ल्याबलाई युद्धको उद्देश्य प्राप्त गर्नतर्फको एक सकारात्मक कदम भएको बताए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement