नयाँ दिल्ली: गणेश चतुर्थीको अवसरमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदी केन्द्रीय मन्त्री पियुष गोयलको घर पुगे। यहाँ उनले भगवान गणेशको आशीर्वाद लिए र आरती पनि गरे। यस क्रममा प्रधानमन्त्री मोदी सुन्तला रंगको कुर्ता र सेतो धोतीमा देखिएका थिए। उनको काँधमा उज्यालो सुन्तला रंगको ‘अंगवस्त्रम’ पनि थियो। आरती अघि उनले पियुष गोयलको घरमा जम्मा भएका मानिसहरूलाई अभिवादन गर्दै शुभकामना पनि दिए। त्यहाँ कांग्रेस नेता अभिषेक मनु सिंघवी र व्यापारी सुनील भारती मित्तल पनि पूजामा सहभागी थिए।
गणेश पूजाको तस्वीर सेयर गर्दै प्रधानमन्त्री मोदीले भने, ‘गणेश चतुर्थीको शुभ अवसरमा मेरा सहकर्मी पियुष गोयलको घरमा आयोजित कार्यक्रममा सहभागी भएँ। भगवान श्री गणेशको आशीर्वाद सधैं हामीमा रहोस्l’ यसअघि प्रधानमन्त्री मोदीले गणेश चतुर्थीको अवसरमा जनतालाई शुभकामना दिँदै दया र भ्रातृत्वको भावना सधैं कायम रहोस् भन्ने कामना गरेका थिए। उनले एउटा संस्कृत श्लोक साझा गर्दै लेखे, ‘गणेश चतुर्थीको शुभकामना। भगवान श्री गणेशको आशीर्वाद सधैं हामीमा रहोस्l’ गणेश चतुर्थी पर्व हरेक वर्ष भारतमा विशेष गरी महाराष्ट्रमा ठूलो उत्साहका साथ मनाइन्छ। मन्दिर र ‘गणेशोत्सव पण्डल’मा पूजाआजा गर्न हजारौं भक्तजनको भीड लागेको छ। दस दिनसम्म चल्ने यो पर्व चतुर्थी तिथीबाट शुरु भई अनन्त चतुर्दशीमा समापन हुन्छ। कोभिड–१९ को महामारी कम भएपछि सन् २०२२ ले गणेश चतुर्थी पर्वको परम्परागत उत्साह फिर्ता ल्याएको छ। गत वर्ष लगाइएको अधिकांश प्रतिबन्ध हटाइएको छ।