रास्वपाका संसदीय दलका नेतामा डा. वाग्लेलाई अगाडि बढ़ाउने सभापति रविको इच्छा

IMG-20241230-WA0171

काठमाण्डू: उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति दिइएपछि संसदीय दलको नेतामा डा. स्वर्णिम वाग्लेलाई अगाडि बढाउने इच्छा सभापति रवि लामिछानेले देखाएको बताइएको छ। बाहिर आम रूपमा पनि यसलाई स्वाभाविक मानिएको छ। वाग्लेको सचिवालयका अनुसार वाग्ले स्वयम्‌ले भने आफूले संसदीय दलको नेता ‘नमाग्ने’ बताएका छन्। संसदीय दलको नेतामा दाबी नगर्ने मनसाय बनाएका वाग्लेले आउँदो महाधिवेशनमा भने नेतृत्व (सभापति) मा हाबी हुने तयारी गरेका छन्। उनी निकट एक नेताका अनुसार त्यसका लागि वाग्ले ‘वेट एन्ड सी’को अवस्थामा छन्। ती नेताका अनुसार उनले जिल्ला अदालत, कास्कीको निर्णय कुरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement