तीनधारेको दुई नम्बर बस्तीमा आरण्य सप्ताह पालन गर्दै वृक्ष रोपण कार्य सम्पन्न

IMG-20220901-WA0128.jpg

खरसाङ: आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, खरसाङ(टी) रेञ्ज अधिकारी लक्ष्मण राईको तत्परतामा अनि सावित्री बस्ती जन कल्याण संघ, रंगटंग २ नम्बर बस्ती प्राथमिक पाठशाला, एफपीसी २ नम्बर बस्ती साथै स्वनिर्भर दलका 9 वटा उप संघका संयुक्त आयोजनामा अारण्य सप्ताह पालन गर्दै वृक्ष रोपनको कार्यक्रम गरियो। आजका सभाका सभापति घैयाबारी क्षेत्रका बीओडी जुनु सार्की, मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री अनि रंगटंग २ नम्बर प्राथमिक पाठशालाका प्रधान अध्यापक बिमल गुरूङ, खरसाङ(टी) रेञ्जका अधिकारी लक्ष्मण राई, एफपीसीका सदस्य प्रकाश सार्की साथै वरिपरिका जनसाधारण उपस्थित थिए। आजको यस विशेष कार्यक्रममा खरसाङ(टी) रेञ्ज अधिकारीले वक्तव्य दिँदै- वन-जंगल भनेको जीवनको बाँच्ने आधार हो, सबै जीव-जन्तुको अस्तित्व वनसित सम्बन्धित हुन्छ, यसैले वन-वृक्षलाई रोपण मात्रै नगरेरे सुरक्षा पनि गर्नु पर्ने भनी महत्वपूर्ण वक्तव्य गरे।

सभासद नवराज छेत्रीले २ नम्बरस्थित फूलबारीलाई जीर्णोद्वारा गर्न सबै संघ-संस्थानसित चाँढ़ै सभा डाकिने अनि यसको सुन्दरीकरणको निम्ति यथाशीघ्र पहल गर्ने वक्तव्यमा राखे। रंगटंग २ नम्बर प्राथमिक पाठशालाका प्रधान अध्यापक बिमल गुरूङले आज रोपण गरिएको विरूवादिलाई एउटा नानी सरह तीन वर्षसम्म स्याहार-सुसार गरिदिने सबैलाई अनुरोध गरे। अन्त्यमा सभापतिको सम्बोधनमा जुनु सार्कीले आभार प्रकट गर्दै आजको कार्यक्रम सफल भएकोमा हर्ष प्रकट गर्दै सभा वर्खास्त गरिन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement