गान्तोक। हैदारवादको फ्लेग राइड बाइकर्स ग्रुपले वर्ष २०१६ देखि देशको सीमानामा तैनाथ सैनिकवलको मनोवल बढाउने उद्देश्यले थैङ्क्यु इन्डियान आर्म फोर्स अभिय़ान शुरू गरेको थियो। देशको विभिन्न सीमावर्ती क्षेत्रमा पुगेर सीमानामा तैनाथ सैनिकवल धन्यवाद दिने क्रममा हिजो सिक्किम आइपग्यो। उत्तर जिल्लाको लाचेनमा एक रात बिताएपछि आज बिहान छातेनबाट गान्तोक प्रस्थान भएको थियो। आज बिहान जेनरोड स्थित पाँच माइलमा पुगेर त्यहा तैनाथ सैनिकवललाई धन्यवाद दिँदै अभिनन्दन जनायो। ११ जनाको ग्रुपलाई नेतृत्व गरेर आएका परम गौडाले पत्रकारहरूसँग कुराकानी गर्दै भोलि नथुला, जुलुकमा रहेका सैनिकवलसँग भेट गर्ने जानकारी गराए। त्यसपछि रिनाकमा एक बस्ने र बुधबार आसम, अरूणा प्रदेशको निम्ति प्रस्थान हुने अवगत अवगत गराए। यस बाइकर्स ग्रुपले हालसम्म विभिन्न कारणको निम्ति आम मानिसहरूमा जागरूकताको सन्देश दिँदै आएको पनि उनले थप जानकारी गराए। उनको भनाइ अनुसार देशलाई सुरक्षा गर्न भारतीय सैनिकहरूले ज्यानको पर्वाह नगरी सीमानामा रातदिन एक गर्दै खटिरहेका छन् भने उनीहरूलाई थप हौसला प्रदान गर्न सबैको जिम्मेवारी र दायित्व रहेको उनको अवगत गराए। विशेष गरेर सेनाको सर्वोच्च त्याग र वलिदानबारे आम मानिसहरूलाई सन्देश पुऱ्याउन यस प्रकारको अभियानको थाल्नी गरेको उनले जानकारी गराए। यस अवसरमा सेनाको तर्फबाट पनि उनीहरूलाई अभिनन्दन जनाइयो। कार्यक्रममा ब्रिगेडर के.के पाण्डे लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।