धेरै मात्रामा साल काठ बरामद, एक जना तस्कर पक्राउ

IMG-20241230-WA0170-copy

सिलगढी: पुलिसले काठ तस्करीको योजनालाई असफल बनाउँदै धेरै मात्रामा साल काठको साथ एक जनलाई पक्राउ गर्यो। पुलिस स्रोतका अनुसार, खोरीबारी हुँदै बिहार तस्करी गर्नुअघि लाखौंको साल काठसहित एक जनालाई पक्राउ गरियो। खोबारीको फुलबार जोत इलाकाबाट खोरीबारी पुलिस चौकीले एक चार चक्के गाडी बरामद गरी लाखौंको साल काठ बरामद गरेको छ। पक्रा परेका निर्मल टिग्गा मेरिभ्यू जोत, नक्सलबारी निवासी हुन्। पुलिस स्रोतका अनुसार, जङ्गलबाट काठ चोरेर काटेर तस्करी गर्ने योजना थियो। आरोपीलाई आज सिलगढी महकुमा अदालतमा पेश गरिनेछ।

About Author

Advertisement