सिलगढी: भारत–चीन सीमाका बासिन्दाहरूलाई लिएर विशेष बैठक हुनेभएको छ। बैठकले वर्षको पहिलो दिन पर्यटकका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। नाथुला, भारत-चीन सीमामा पर्ने पर्यटकीय स्थलहरू मध्ये एक हो। सिक्किम आउने हरेक पर्यटक नाथुला गएर जमेको पानीको टेरेसमा उभिएर सेल्फी लिन चाहन्छन्।

तर, यसपटक २०२५ को पहिलो दिन पर्यटकलाई त्यो इच्छा पूरा गर्नबाट रोकिएको छ। भर्खरको विशेष सन्देशमा सिक्किम सरकारले १ जनवरीमा नाथुलामा सीमावासीहरूसँग विशेष बैठक गर्ने जनाएको छ। जसका कारण निश्चित दिन पर्यटक तथा सर्वसाधारणको आवतजावत बन्द हुनेभएको छ। तर, सन्देशमा छाङ्गु लेक र बाबाको मन्दिर खुला रहने उल्लेख छ। सिक्किम आउने पर्यटकहरूलाई निराश हुनुपर्ने छैन।










