दिनहाटा पछि कोचबिहारबाट मोर्टार सेल बरामद

IMG-20241230-WA0147

कोचबिहार: कोचबिहारबाट एक पटक फेरि मोर्टार सेल बरामद भएको छ। दिनहाटापछि कोचबिहारको दौगौरीको सामन्त पारा क्षेत्रमा राष्ट्रिय राजमार्ग नम्बर १७ को छेउमा खोलाको किनारबाट मोर्टार सेल फेला परेको छ। स्थानीयवासीले यो मोर्टार सेल देखेपछि पुलिसलाई खबर गरे। कोचबिहारको कोतवाली थानाको पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण क्षेत्रलाई घेरेको छ। यो मोर्टार सेल कहाँबाट आयो भन्ने प्रश्न उठेको छ। सामान्यतया यो मोर्टार सेल सेनाका सिपाहीहरूले प्रयोग गर्छन्। पुलिस स्रोतका अनुसार नदीमा तैरिएर आएको हुनसक्छ। घटनाको अनुसन्धान जारी छ।

About Author

Advertisement