सर्वाइकल क्यान्सरको लागि देशको पहिलो स्वदेशी भ्याक्सिन लाञ्च

0-0-SAVE_20220901_190008

नयाँ दिल्ली: सर्वाइकल क्यान्सरदेखि बचावको निम्ति देशको पहिलो स्वदेशी भ्याक्सिन बिहीबार लाञ्च गरियो। सीरम इन्स्टीट्यूट अफ इण्डिया (एसआईआई) र जैव प्रौद्योगिकी विभाग (डीबीटी) ले एकसाथ मिलेर सर्वाइकल क्यान्सर विरूद्ध भ्याक्सिन ‘क्वाड्रिवेलेन्ट ह्यूमन पेपिलोमावायरस भ्याक्सिन’ विकसित गरेको छ। यस भ्याक्सिनको दर दुई सयदेखि चार सय रूपियाँबीच राखिएको छ र यस वर्षको अन्तसम्म बजारमा उपलब्ध हुनेछ।

बिहीबार भ्याक्सिनको शुरूआतको अवसरमा विज्ञान र प्रौद्योगिकी मन्त्री जितेन्द्र सिंहले भऩे, कोरोनापछि मानिसहरूमा भ्याक्सिनलाई लिएर जागरूकता बढ़ेको छ। सर्वाइकल क्यान्सरदेखि बचावको निम्ति पहिलो स्वदेशी भ्याक्सिन महिलाहरूको निम्ति मद्दतगार प्रमाणित हुनेछ। एसआईआईका सीईओ अदार पूनावालाले जानकारी गराए, यस भ्याक्सिनको दर कम राखिनेछ। सर्वाइकल क्यान्सर महिलाहरूमा चौथो सबैभन्दा आम क्यान्सर हो। यो क्यान्सर महिलाको गर्भाशयमा विकसित हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का आंकड़ाहरू अनुसार, सन् २०१८ मा विश्वभऱिमा करिब ५ लाख ७० हजार महिलाहरू सर्वाइकल क्यान्सरले पीड़ित भए अनि करिब ३ लाख ११ हजार महिलाहरुको यस रोगले मृत्यु भय़ो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement