पानीघट्टा: बुधबारदेखि लगातार परेको मुसलधारे पानीको कारणले मन्जा खोलाको जलस्तर बडेर आज पुटुङ उच्च माध्यमिक बिधालय पढन आउने तराईको बिधार्थीहरूको हरी बिजोग भयो। मन्जा खोलाको पुल भत्किए पछि गाडी लगायत दैनिक रूपमा पुटुङ चियाकमान आउने तराईको च्याँगा कटहरेका मानिसहरू साथै बिधार्थीहरूलाई पानीझरीको मसौममा मन्जा खोला बडे पछि कि छुट्टी लिनु पर्ने हुन्छ कि त आफ्नो ज्यान सियोको टुप्पोमा राखेर खोला तर्नु पर्ने बाध्यता रहन्छ। स्मरण रहोस बिगत २००३ को ८ जुलाईमा अबिरल बर्षको कारणले मन्जा खोलाको बाड आएकोले पुल भाँचिदिएको थियो पुल भत्तकीए पछि तराईको बिभिन्न क्षेत्रहरूलाई यतायतमा समस्य भएर गयो थियो। पुल निर्माणका निम्ति स्थानीयबासीहरूले जीटीए बिभागीया अधिकारी समक्ष पत्रचार गरे पनि अझसम्म निर्माण भने भएको छैन।