ईडीद्वारा शिक्षक भर्ती प्रकरणमा अनुसन्धानलाई तीब्रता दिने तयारी

ED-3

कोलकाता: प्रवर्तन निर्देशनालयले पश्चिम बङ्गालमा कथित शिक्षक भर्ती घोटाला प्रकरणमा अनुसन्धानलाई तीब्रता दिने तयारी गरेको छ। सत्तारुढ दल तृणमूल कांग्रेसको शासनमा रहेका सरकारी विद्यालयमा प्राथमिक शिक्षकको भर्ना सबै अनुसन्धान एजेन्सीको रडारमा रहेको बताइएको छ। यस सम्बन्धमा उम्मेदवारहरुको जानकारी पनि संकलन भइरहेको छ। विशेष कुरा के छ भने सन् २०११ देखि २०२१ सम्म राज्यको शिक्षामन्त्री रहेका पार्थ च्याटर्जी यसअघि नै पक्रा परेका छन्।

एजेन्सीले पश्चिम बङ्गाल प्राथमिक शिक्षा बोर्डबाट केही उम्मेदवारहरूको जानकारी मागेको छ। यी उम्मेदवारहरू २०११ मा प्राथमिक शिक्षकको रूपमा नियुक्त भएका थिए। केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) र ईडीले सरकारी विद्यालयमा भएको कथित भर्ती घोटालाको अनुसन्धान गरिरहेको छ। ईडीले मनी लान्ड्रिङको अनुसन्धान गरिरहेको छ। यसबाहेक विद्यालय सेवा आयोग (एसएससी) मार्फत भर्तीमा भएको अनियमितताको पनि एजेन्सीहरूले अनुसन्धान गरिरहेका छन्। प्राथमिक शिक्षा बोर्डका एक वरिष्ठ अधिकारीले भने, ‘हामीले नियुक्त भएकाहरुको नाम, ठेगाना, टीईटी रोल नम्बरलगायतको जानकारी दिन सबै जिल्ला प्राथमिक विद्यालय परिषद्लाई पत्र लेखेका छौंl’ यससँगै उनीहरुलाई कुन प्राथमिक विद्यालयमा नियुक्त गरिएको हो भन्ने जानकारी पनि माग गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement