गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले तमु लोछारको शुभ अवसरमा सिक्किमका जनता, विशेष रूपमा गुरुङ समुदायलाई हार्दिक शुभकामना दिएका छन्।
राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘तमु लोछारको पावन अवसर गुरुङ नववर्ष आरम्भको प्रतीक हो, जसले गुरुङ समुदायको समृद्ध सांस्कृतिक परम्पराहरू र मूल्यहरूको प्रतिनिधित्व गर्दछ।
चाडपर्वहरूले हाम्रो सांस्कृतिक विविधतालाई बलियो बनाउॅंछ र हाम्रो अद्वितीय समृद्ध संस्कृतिलाई जीवन्तता प्रदान गर्छ।’
राज्यपालले यस हर्षोल्लासको अवसरमा सिक्किमका सबै समुदायहरूबीच भाइचारा, एकता र सद्भावलाई अझ बलियो बनाउन र आफ्नो समृद्ध सांस्कृतिक धरोहरको संवर्द्धन गर्न आह्वान गरेका छन्।