विद्या भारती अखिल भारतीय प्रचार विभागको बैठकमा बिभिन्न बिषय माथि छलफल

FB_IMG_1733076492136

गान्तोक: विद्या भारतीको अखिल भारतीय प्रचार विभागको बैठक शनिवार सम्पन्न भ एको छ। बैठकमा प्रचार विभाग अन्तर्गतका अखिल भारतीय टोली, देशभरिका क्षेत्रीय प्रचार प्रसार र प्रान्त प्रचार प्रमुख र संवाददाताहरूले भाग लिएका छन्।
बैठकमा सिक्किमबाट प्रान्त संयोजक एवं पूर्व क्षेत्र प्रचार प्रमुख मोहन शर्मा, प्रान्त संवाददाता अनुपमा गुप्ता, प्रान्त प्रचार प्रमुख सूर्य धितालको सहभागिता थियो। बैठकमा आगामी कार्य योजना, शिशु वाटिका, विद्या भारतीको शिक्षा व्यवस्था, प्रभाव, गुणस्तरीय, विद्या भारतीको भारत केन्द्रित शिक्षा व्यवस्था, राष्ट्रिय शिक्षा नीति अनुसार शैक्षिक व्यवस्थालाई समाजसम्म पुऱ्याउने जस्ता महत्वपूर्ण विषयहरूमाथि छलफल गरिएको थियो।
बैठकमा लोकमाता अहिल्याबाईको ३००औं जन्म शताब्दी वर्षमा उनको सामाजिक, शैक्षिक, आर्थिक, महिला सशक्तिकरण क्षेत्रमा पुऱ्याएको भूमिकाको प्रचार प्रसार गर्नुपर्ने विषयमाथि पनि चर्चा भएको पूर्व क्षेत्र प्रचार प्रमुख मोहन शर्माले जानकारी गराए।
आगामी १-२ जनवरी, २०२५ विद्या भारती पूर्व क्षेत्रको प्रमुख कार्यकर्ता टोलीको बैठक तातिबेडीया, दक्षिण बंगमा हुने बताइएको छ। उक्त बैठकमा सिक्किमबाट संयोजक मोहन शर्माले भाग लिनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement