कञ्चनजङ्घा विन्टर टुरिज्म फेस्टिवल २०२४ संचालन हुदै

IMG-20240717-WA0003

गेजिङ: पेलिङ पर्यटन विकास संघले गेजिङ जिल्ला प्रशासनको संयुक्त तत्वावधानमा भएको कञ्चनजङ्घा विन्टर टुरिज्म फेस्टिवल २०२४ ले आज पॉंचौं दिनमा प्रवेश गरेको छ। पीएम श्री सरकारी उच्चतर माध्यमिक विद्यालयको खेलमैदानमा जारी महोत्सवमा आज जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्गपा मुख्य अतिथि तथा देन्तामका महकुमा अधिकारी एनके कार्की र सिङयाङ चुम्बुङकी जिल्ला सदस्या सावित्री संन्यासी विशिष्ट अतिथि रहेका थिए।
मुख्य अतिथि र विशिष्ट अतिथिहरू लगायत अन्य आमन्त्रित अतिथिहरूले खेलमैदानमा लगाइएका स्टलहरूको निरिक्षण भ्रमण गरेका थिए। जिल्लापाल डेन्जोङ्गपाले आफ्नो सम्बोधनमा महोत्सव आयोजन समि​ति र पेलिङका जनतालाई हार्दिक बधाई दिॅंदै निमन्त्रणाको निम्ति आभार व्यक्त गरे। उनले भव्यताका साथ महोत्सव आयोजनाको निम्ति आयोजक समितिको सराहना गरे।
उनले आयोजक समितिलाई आफ्नो रजत जयन्ती समारोह भव्यरूपमा आयोजन गर्न प्रोत्साहित गर्दै प्रशासनको तर्फबाट हर सम्भव समर्थन गर्ने आश्वासन दिए। उनले गेजिङ जिल्लालाई हरेक क्षेत्रमा अगाडि बढाउन सबै हित चिन्तकहरूलाई निरन्तर समर्थनको निम्ति आह्वान पनि गरे।
महोत्सवको पॉंचौं दिन खेलाइएको फुटसल प्रतियोगिताको क्वार्टर फाइनल खेलमा पीटीडीए पेलिङ युनाइटेड, ब्रदरवुड एफसी, सिन्द्राबुङ बोइज र एनसीडीएस विजयी बने। सो अवसरमा रंगारंग सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement