तादोङमा बलेरो दुर्घटना हुँदा एकको मृत्यु

WhatsApp-Image-2024-12-29-at-19.04.01

गान्तोक: आइतबार बिहान भएको एक वाहन दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ। पुलिस सुत्रबाट प्राप्त जानकारी अनुसार दुर्घटना राजधानी गान्तोकको तादोङ बजारमा भएको हो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई मणिपालस्थित मणिपाल अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये एकजनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ। पुलिसअनुसार मृतकको पहिचान सिक्किम स्काउट्समा कार्यरत पूर्ण कुमार छेत्रीको रूपमा गरिएको छ। जानकारी अनुसार उक्त वाहन रानीपुलदेखि गान्तोकतर्फ जाँदै गरेको अवस्थामा तादोङ बजारमा दुर्घटना भएको थियो। महिन्द्रा बोलेरो एसके ०५ पी २६७२ ले नियन्त्रण गुमाएपछि सडक छेउमा पार्किङ गरिएको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाको समयमा गाडीमा पाँच पुरुष र एक महिला सहित छ जना सवार थिए। अगाडिको सिटमा बसेका पूर्ण कुमार छेत्रीको घटनास्थलमै मृत्यु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement