नाम्ची: आगीमा १४ जनवरीदेखि आरम्भ हुने जोरथाङ माघे मेलामा हेलीकप्टर जोय राइड-को सुविधा उपलब्ध गराउने दिशमा पहल भइहेको छ। यस सम्बन्धमा आज जोरथाङका महकूमा अधिकारी र मेला आयोजक समितिका सदस्यहरूको साथमा क्षेत्र विधायक मदन सेञ्चुरीले हेलीकप्टरको प्रस्तावित दुईवटा टेक अफ जोनको स्थलगत भ्रमण गरे। उल्लेखनीय छ, जोय राइडको निम्ति स्थानीय आइआरबी मैदान र जेएनभी मैदानलाई टेक अफ् पोइन्टको रुपमा चिन्हित गरिएको छ। आवश्यक सुरक्षा व्यवस्थाको जायजा लिन यी स्थानहरूमा पहिले ट्रायल गरिने भएको छ।