बोझोघारीमा मगर जातिको बाराहिमिजोङ पर्व पालन

IMG-20241229-WA0207

गान्तोक: मगर जातिको पर्व बाराहिमिजोङलाई यस वर्षका लागि विदाइ दिंदै आइतबार गान्तोक नजिक बोझोघारीमा एउटा सार्वजनिक समारोह आयोजन गरियो। गान्तोक वरपर क्षेत्र बोझोघारी, बुर्तुक, अप्पर चाँदमारी अनि जेएन रोडमा बसोवासो गर्ने मगरसमुदायले जातीय एकजुटताको रुपमा यो सार्वजनिक समारोह आयोजन गरेका थिए। बोजोघारीको ताक्ची गाउँमा आयोजित बाराहिमिजोङ सार्वजनिक समारोहमा राष्ट्रिय मगर एसोसिएशनका अध्यक्ष विष्णु राणा मगर मुख्य अतिथिका रुपमा उपस्थिति थिए। उल्लेखनीय छ, प्रकृति र पितृ पुजकका रुपमा मानिएका मगर जातिले बाराहिमिजोङ पर्वको अवसरमा नयाँ पाकेको अन्नबाली, फलफूल र कन्दमुल आफ्ना इष्टदेव र पितृहरूलाई सम्झना गर्दै अर्पण गरेर मात्र ग्रहण गर्दछन। आज आयोजित सारवजनिक समारोहमा पनि गाउँमा बनाइएको पूजास्थलमा माम्बा अथवा पुजारीले विधिपूर्वक पूजा अर्चना गरेर इष्टदेव अनि प्रकृतिलाई यस मौसममा पाक्ने सबै प्रकारका अन्न अनि फलफूल चढाएर प्रसादका रुपमा उपस्थित मानिसहरूलाई वितरण गरेपछि नयाँ अन्नबाली खाँदा कुनै प्रकारको बाधा अड्चन आइनलाग्ने घोषणा गरे। पूजाको समापनपछि आयोजित सार्वजनिक समारोहमा आयोजक स्थानीय मगर समुदायले मुख्य अतिथिका रुपमा उपस्थित विष्णु राणा मगरलाई अभिनन्दन जनाए। मगर समुदायको हित र उत्थानका क्षेत्रमा गरेका कार्य साथै समुदायमा एकजुटता र साँस्कृति अनि परम्पराको संरक्षणमा गरेका पहलको सराहना गर्दै उनलाई अभिनन्दन जनाइएको हो। यस अवसरमा मगर जातिको पहिचान र संस्कृति बारे बोल्दै विष्णु राणा मगरले बाराहिमिजोङ पर्व पालन गर्नुको उद्धेस्य बारे जानकारी दिएका थिए भने माम्बा शेखर मगरले युवा समुदाय जातिय पर्व पालन गर्ने विधिबारे जानकार हुनुपर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement