पा चलचित्र प्रदर्शनमा आउँदै

00-1-Pa

मुम्बई: गएको वर्ष तमिल भाषामा प्रदर्शन भएको चलचित्र ‘दा..दा’ सुपरहिट रह्यो। यस चलचित्रमा कविन र अपर्णा दासले नायक र नायिकाको भूमिका निभाएका थिए। गणेश के बाबूले निर्देशन गरेको यो चलचित्रले तमिल दर्शकहरूलाई निकै प्रभावित पारेको थियो। यसले बक्स अफिसमा झण्डै ३० करोड रुपियाँ कमाएको थियो। बाबु र छोराबीचको भावनात्मक सम्बन्धमा आधारित यो चलचित्रले कोलिवुडमा समेत सफलता हासिल गर्‍यो। कोलिवुडमा सुपरहिट भएपछि अब यो चलचित्र तेलुगु दर्शकहरूको लागि ल्याउन लागिएको छ। यस चलचित्रलाई तेलुगु भाषामा ‘पा’ नाम दिएर प्रदर्शन गरिँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement