बाघडुग्रा: हात्तीको आक्रमणमा एकजना वृद्धको मृत्यु भएको छ। मृतक वृद्ध ६३ वर्षीय नुयस बराईकको नाममा चिन्हित गरिएको छ। उक्त घटनाले बाघडुग्रा अर्ड चियाकमानमा शोकको लहर छाएको छ। प्राप्त जानकारी अनुसार आज बिहान उक्त वृद्ध गाई खोज्न घरबाट निस्केका थिए। एमएम तराई चियाकमान संलग्न इलाकामा अचानक एउटा हात्तीले वृद्धमाथि हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ घटनाको खबर पाएर वन विभागको पानीघट्टा विभाग र बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।