गुवाहाटी(असम): भारतीय रेलले आफ्ना प्रमुख मार्गहरूमा उन्नत कवच ४.० स्वचालित ट्रेन सुरक्षा प्रणालीलाई जोड़्नको लागि द्रूत गतिमा काम गरिरहेको छ। तल्लो स्तरको संस्करण कवच लगाइएका सबै इञ्जीनहरूमा उन्नत कवच ४.० बाट प्रतिस्थापित गरिनेछ।
यसै क्रममा पूर्वोत्तर सीमा रेलवे (पूसीरे)-को मालदा टाउनदेखि डिब्रुगढ़सम्म लगभग १९६६ किमी रेल मार्गलाई कवच क
कार्यान्वयनको लागि पहिचान
गरिएको छ।
पूसीरेका सीपीआरओ कपिञ्जल किशोर शर्माले बताए अऩुसार कवच ४.० दुर्घटनाहरूलाई रोक्न तथा ट्रेनहरूको सुचारू परिचालनलाई सुनिश्चित गर्नको लागि भारतीय रेलको विकसित एक व्यापक, प्रौद्योगिकी-संचालित समाधान हो जसले सुरक्षा तथा नियन्त्रणको अतिरिक्त लेयर दिन्छ। यो महत्वपूर्ण पूर्वाधारको आधुनिकीकरण र सुरक्षा मानकहरूमा सुधारको एक व्यापक कार्य हो। कवच ४.० जस्तो तकनिकको लाभ उठाएर कनेक्टिभिटी सिस्टमको सुचारू संचालनलाई सुनिश्चित गर्नेछ, मानवीय त्रुटिलाई कम गर्नेछ र सबैभन्दा महत्वपूर्ण यसले दुर्घटनाहरूलाई रोक्नेछ।
उल्लेखनीय छ, पछिल्लो केही समयदेखि भारतीय रेलले दुर्घटनाहरूलाई कम गर्नका लागि केही कदमहरू उठाइरहेको छ। कवच ४.० को प्रारम्भ गरेर भारतीय रेलले यात्रीहरूको यात्रालाई अझ सुरक्षित बनाउने आफ्नो प्रतिबद्धता दर्शाएको छ।