रक्षामन्त्रीले गरे सैनिकहरूलाई सैन्य रणनीति र युद्ध सीपमा निपुण बनाउन भारतीय सेनाका प्रशिक्षण संस्थानहरूको प्रयासको प्रशंसा

The Union Minister for Defence, Shri Rajnath Singh visited to the Army Marksmanship Unit at Mhow, in Madhya Pradesh on December 29, 2024.

नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंहले सैनिकहरूलाई सैन्य रणनीति र युद्ध सीपमा दक्ष बनाउनका लागि भारतीय सेनाका प्रशिक्षण संस्थानहरूको महत्त्वपूर्ण योगदानको प्रशंसा गरेका छन्। २९ दिसम्बर २०२४ मा मध्य प्रदेशको महूस्थित भारतीय सेनाका तीन प्रमुख प्रशिक्षण संस्थानहरू- आर्मी वार कलेज (एडब्ल्युसी), इन्फ्यान्ट्री स्कूल र मिलिट्री कलेज अफ टेलिकम्युनिकेसन एण्ड इन्जिनियरिङ (एमसीटीई) भ्रमणका क्रममा उनले यो कुरा बताएका हुन्। यस अवसरमा थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी र भारतीय सेनाका अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। रक्षामन्त्रीलाई कार्यवाहक कमान्डेन्टले उन्नत इनक्यूबेशन र अनुसन्धान केन्द्रको स्थापना तथा प्रविधिको अवशोषण र परिवर्तनलाई सक्षम बनाउनका लागि गरिएका विभिन्न समझौताहरूको जानकारी दिए। उनले सेनाको निशानेबाजी इकाइको पनि भ्रमण गरे र राष्ट्रिय खेलहरूमा सेनाको योगदानबारे जानकारी प्राप्त गरे।

The Union Minister for Defence, Shri Rajnath Singh visited to the Army Marksmanship Unit at Mhow, in Madhya Pradesh on December 29, 2024.

रक्षामन्त्री सिंहले इन्फ्यान्ट्री संग्रहालय पनि भ्रमण गरे, जहाँ उनलाई इन्फ्यान्ट्रीको इतिहास र आधुनिक उपकरणहरूको समावेशबारे जानकारी गराइयो। एडब्ल्युसीमा आयोजित बडाखानामा सैनिकहरूसँग कुराकानी गर्दै, उनले भारतको सीमाको रक्षा र राष्ट्रिय सुरक्षामा सैनिकहरूको साहस र सतर्कताको प्रशंसा गरे। सैनिकहरूसँग सम्बोधन गर्दै रक्षामन्त्रीले भने, “तपाईंको लगनशीलता र कर्तव्यप्रतिको निष्ठा हामी सबैका लागि प्रेरणाको स्रोत हो। तपाईंहरूको कडा मेहनत र प्रतिबद्धताका कारण नै हाम्रो देश र यसको सीमा सुरक्षित र बलियो छ।” रक्षामन्त्रीले वर्तमान भू-राजनीतिक परिस्थिति प्रति सधैं सतर्क रहन र कुनै पनि खतरासँग जुध्न तयार रहन सशस्त्र बललाई आह्वान गरे। उनले भने, “भारतलाई कहिलेकाहीं सीमा र आन्तरिक चुनौतीहरूको सामना गर्नुपर्छ। यस्तो अवस्थामा, सैनिकहरूले प्रतिद्वन्द्वीहरूको गतिविधिमा कडा निगरानी राख्नु र तिनका विरुद्ध समयमै प्रभावकारी कदम चाल्नुपर्छ।”

The Union Minister for Defence, Shri Rajnath Singh visited to the Army Marksmanship Unit at Mhow, in Madhya Pradesh on December 29, 2024.

रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतलाई २०४७ सम्म एक विकसित र आत्मनिर्भर राष्ट्र बनाउने लक्ष्य रहेको र यो उद्देश्य प्राप्त गर्न सशस्त्र बलहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “तपाईं हाम्रा सीमाका रक्षक हुनुहुन्छ र राष्ट्र निर्माणका अगुवा। म विश्वस्त छु कि तपाईंहरूको साहस र समर्पणले हामीलाई विकसित भारतको लक्ष्य हासिल गर्न मद्दत पुर्‍याउनेछ।” यसअघि, उनले सिंहले महूस्थित डा बीआर अम्बेडकरको स्मारक भीम जन्मभूमिको भ्रमण गरे। उनले भारतीय संविधानका निर्माता भारतरत्न डा अम्बेडकरलाई श्रद्धाञ्जली अर्पण गर्दै, सामाजिक समानता र सशक्तीकरणका लागि समर्पित व्यक्तित्वको रूपमा डा अम्बेडकरलाई स्मरण गरे। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement