माओवादीको सुशासन यात्रा ग्रामथानमा विवादमा

IMG-20241229-WA0200

मोरंग: मोरङको ग्रामथान गाउँपालिकामा अवैध उत्खनन रोक्ने विषयले विवाद उत्पन्न भएको छ। स्थानीय जनगुनासोका आधारमा प्रमुख प्रशासकीय अधिकृतको टोलीले गरेको अनुगमनमा अवैध उत्खनन पाइएको थियो। यसपछि गाउँपालिकाले झोराहाट प्रहरी चौकीलाई उत्खनन रोक्न पत्र पठाएको थियो।
तर, नव निर्वाचित अध्यक्ष नमो नारायण माझीले उल्टै प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दै उक्त कार्यप्रति असन्तुष्टि जनाएका छन्। यस घटनाले ग्रामथान गाउँपालिकामा सुशासनको यात्रालाई विवादस्पद बनाएको छ।
स्थानीयहरूले अध्यक्ष माझीको समर्थनमा अवैध उत्खनन भइरहेको आरोप लगाउँदै यस घटनाको छानबिन गर्न माग गरेका छन्। यो प्रकरणले गाउँपालिकाको नेतृत्वप्रति प्रश्न खडा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement