गुवाहाटी(असम): असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले रेडियो कार्यक्रम ‘मन की बात’मा राज्यको चिया उद्याेग क्षेत्रको स्वास्थ्यमा सुधार ल्याउने कार्यको उल्लेख गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेका छन्।
मुख्यमन्त्री डा. सरमाले आइतवार सामाजिक संजालमा एउटा पोस्ट जारी गरी भने, चिया उद्योगका आधारभूत स्तम्भको स्वास्थ्यमा सुधार ल्याउनका लागि तकनिकी तथा सामाजिक संचारको सही प्रयोग गरिएको छl जसको परिणामस्वरूप जोरहाट चिया बगानमा मलेरिया उन्मूलनका प्रयासहरूमा महत्वपूर्ण सफलता प्राप्त भएको छ।
उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले यस पहललाई ‘मन की बात’ कार्यक्रममा मान्यता दिए जसको लागि हामी उनीप्रति आभारी छौं। मुख्यमन्त्रीले भने, प्रधानमन्त्रीको यस वक्तव्यबाट भारतीय संस्कृतिको प्रकाश अब विश्वभरि नै फैलिरहने छ।
उल्लेखनीय छ, प्रधानमन्त्रीको मन की बात कार्यक्रम आइतवार ११ बजे सुन्नका लागि मुख्यमन्त्रीले सामाजिक संचारमा एउटा पोस्ट साझा गरेका थिए। मुख्यमन्त्री तथा राज्य मन्त्रीमण्डलका सदस्य एवं भाजपा नेताहरूले प्रधानमन्त्रीको मन की बात कार्यक्रमलाई सुने।