काठमाण्डू: नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेबाट निष्कासित भएका नेता भीम रावलले आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्।
काठमाण्डूमा आयोजित एक अन्तक्रियामा बोल्दै नेता रावललाई आफ्नो पार्टीमा आउन आह्वान गर्नु स्वभाविक भएको बताए।
उनले भने, ‘अब भीम रावलले के गर्नुहुन्छ म अहिले भन्न सक्दिनँ। एमाले छाडेपछि मैले पनि के गर्ने भनेर सोचेको थिएँ। नेपालले पार्टी नभएर दुख पाएको हो कि राम्रो पार्टी नभएर दुख पाएकोरु भन्दा हामीले राम्रो पार्टी नभएर दुख पाएका हौं। त्यसैले उहाँले कहाँ गएर काम गर्न सकिन्छ भन्ने सोच्नुभयो भने राम्रो हुन्छ। म उहाँलाई हाम्रो पार्टीमा आउन आह्वान पनि गर्छु।’