इम्फाल(मणिपुर): मणिपुरका मुख्यमन्त्री एन. बीरेन सिंहले आइतवार जानकारी दिदै याइरिपोक बिष्णुनाहा जलाशय निर्माणस्थलमा चारजना अस्थानीय श्रमिकहरूलाई इनर परमिट (आईएलपी) प्रणालीको उल्लंघन गरेको आरोपमा गिरफ्तार गरिएको बताए।
उनले यी श्रमिकहरू वैध आईएलपी कार्ड बिना नै बस्दै आइरहेका थिए र त्यस अवधिभन्दा अधिक समयसम्म राज्यमा बस्दै आइरहेको बताए। ती पक्राउ पर्ने श्रमिकहरूमा २२बर्षका अफसर अली, २०बर्षका मोहम्मद सनफराज, मोहम्मद रहमतुल्लाह र २० बर्षका सहबाज आलम रहेका छन्।
यी आरोपीहरूलाई याइरिपोक पुलिस स्टेशनद्वारा हिरासतमा लिइएको हो, उनीहरुलाई थौबलका कार्यकारी म्याजिस्ट्रेट समक्ष पेश गरिएको छ। यिनीहरूका विरूद्ध आईएलपी प्रणालीका प्रावधानहरू अन्तर्गत कानूनी कारबाही गरिनेछ। यिनीहरूलाई राज्यबाट निर्वासित गर्ने प्रक्रिया सुरू गरिएको छ।
मुख्यमन्त्रीले सबै निवासी, नियुक्त तथा ठेकादारहरूसंग अपील गरेका छन्, उनीहरूले आईएलपी प्रणालीलाई प्रभावकारी ढंगमा लागू गर्नमा आधिकारीहरूलाई सहयोग गरून्।