कछार (असम): विश्वसनीय सूचनाको आधारमा कछार पुलिसले घुँघुर बाइपासमा विशेष अभियान चलाएर छिमेकी राज्यबाट आइरहेको एउटा गाड़ीलाई रोकेर चेक जाच गर्ने क्रममा गाड़ीबाट ५० हजार याबा ट्याबलेट्स बरामद गरिएको छ, ती टयावलेट पाँचवटा प्याकेट्समा लुकाएर राखिएको थियो।
पुलिसले दुईजना कारोवारीलाई पक्राउ गरेको र सामान रहेको गाड़ी समेतलाई नियन्त्रणमा लिइएको छ। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार एक्समा ट्वीट गरी असम पुलिसको सराहना गरे। नियन्त्रणमा लिइएको याबा ट्याबलेट्सको मूल्य १५ करोड़ रुपियाँ रहेको बताइएको छ।
उल्लेखनीय छ, सम्पूर्ण राज्यमा सरकारले नशा विरोधी विशेष अभियान संचालन गरिरहेको छ। प्रतिदिन राज्यका अलग-अलग भागहरूमा विभिन्न प्रकारका लागु औषध बरामद गरिनुकोअतिरिक्त तस्करहरूलाई पनि पक्राउ गरिंरहेका छन्। मुख्यमन्त्रीले राज्यमा जराबाटै नशालाई निर्मूल पार्न आवश्यक कदम उठाउन पुलिसलाई निर्देश दिएका छन्।