तीन दिनदेखि बेपत्ता भएको व्यक्तिको शव घर नजिकैको पोखरीमा भेटियो

IMG-20241229-WA0190

जलपाईगढी: जिल्लाको राजगञ्ज ब्लकको सन्यासिकटा ग्राम पञ्चायतको सरदारपाडामा तीन दिनदेखि बेपत्ता एक व्यक्तिको शव घरको छेउमा रहेको पोखरीबाट फेला परेको छ। गत बुधबारदेखि बेपत्ता सरदारपाडाका साहिरुल इस्लाम परिवारका सदस्यले जताततै खोज्दा पनि फेला परेका थिएनन्। त्यसपछि आइतबार स्थानीयले घर नजिकैको पोखरीमा शव तैरिरहेको देखे। खबर पाएलगत्तै राजगञ्ज थानाको पुलिस घटनास्थलमा पुगेर शव बरामद गर्यो। पुलिसले शवलाई पोष्टमार्टमका लागि पठाएर सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement