दार्जिलिङ: जातीय जागरणका महान् स्रष्टा समग्र गोर्खा जातिको गौरव मास्टर मित्रसेन थापाको १३० औं जन्म जयन्ती आज दार्जिलिङको राज भवनको सालिग परिसरमा सम्पन्न गरियो। उक्त कार्यक्रममा आकाशवाणी खरसाङका कर्मचारी सतिका गुरुङ, कोषाध्यक्ष प्रवीण गजमेर, सविता संकल्प, समीर गुरुङ, रसज्ञ गुरुङ साथै अन्यको उपस्थिति रहेको थियो। यस कार्यक्रम मास्टर मित्रसेन थापा साहित्य कला संस्थानका संयोजक अजय थापाको अध्यक्षतामा सम्पन्न गरियो। पवन महिमाद्वारा सञ्चालन गरिएको यस कार्यक्रमको प्रथम चरणमा अध्यक्ष अजय कुमार थापाको बाहुलीबाट मास्टर मित्रसेन थापाको सालिकमा धुपदीप प्रज्वलन गरेपछि माल्यार्पण गरियो।
उपस्थित सम्पूर्ण अतिथि एवं सदस्यहरूले पनि मास्टर मित्रसेन थापाको सालिगमा श्रद्धा अर्पण गरेपछि हालै दिवंगत भएका मास्टर मित्रसेन थापा कला संस्थानका प्रमुख सल्लाहकार हरेन आलेको निधनमा गहिरो शोक प्रकट गर्दै उनको आत्माले शान्ति पाउन भन्ने ईश्वरसँग कामना गर्दै मौन धारण गरियो।

कार्यक्रमलाई सम्बोधनमा राख्दै अजय कुमार थापाले मास्टर मित्रसेन थापाको गौरवमय गाथाहरूको विषयबारे बताउँदै सधैं नै उक्त कार्यक्रममा प्रमुख सल्लाहकार हरेन आलेको विशेष उपस्थिति रहेको हुन्थ्यो भने उनले मास्टर मित्रसेन थापाबारे विशेष चर्चा परिचर्चाको मन्तव्य राखेका हुन्थे भने। आज हामीले उनलाई धेरै धेरै सम्झना गरिरहेका छौं भन्ने बताउँदै मास्टर मित्रसेन थापाको पुण्यतिथि आगामी ९ अप्रेलमा हुनाले त्यस समय भव्य रुपमा कार्यक्रम गरिने बताए। वक्तव्यकै क्रममा संस्थानका कोषाध्यक्ष प्रविन गजमेरले पनि आजको यस कार्यक्रममा हरेन आलेको अनुपस्थिति धेरैभन्दा धेरै खट्किएको बताउँदै आफ्नो मन्तव्य राखेका थिए भनी संस्थानका सदस्य सबिता सङ्कल्पले जानकारी दिएकी छन्।