सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा भव्य रुपमा पुलिस दिवस पालन

16-35-18-1.jpg

सिलगढी: सिलगढी मेट्रोपलिटन पुलिसको तर्फबाट आज पुलिस दिवस पालन गरियो। यस अवसरमा विविध कार्यक्रमको आयोजना गरियो। कोरोना महामारीको समयमा साधारण मानिसहरूलाई सचेत र जागरुक गराउनको लागि पुलिसकर्मीहरूले आफ्नो परिवारको चिन्ता छोड़ेर दिन रात पुरा समाजलाई बचाउनको लागि मुख्य भूमिका निर्वाह गरेको थियो। यस अवधि धेरैजना पुलिसकर्मीहरूको मृत्यु पनि भएको थियो।

पुलिसको उक्त निस्वार्थ सेवा भावलाई ध्यानमा राखेर मुख्यमन्त्री ममता ब्यानर्जीले १ सेप्टेम्बर २०२० – देखि प्रत्येक वर्ष आजको दिनलाई पुलिस दिवसको रूपमा मनाउने घोषणा गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement