से़ञ्चुरियन (दक्षिण अफ्रिका): दक्षिण अफ्रिकाले आइतवार पाकिस्तानलाई पहिलो टेस्ट म्याचमा २ विकेटले पराजित गरी गरी आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी)-को फाइनलमा स्थान बनायो। आयोजक टीमले १४८ रनको लक्ष्यलाई पीछा गर्दै चौथो दिन ८ विकेटमा १५० रन बनाएर जीत हासिल गऱ्यो। यस जीतको साथै दक्षिण अफ्रिका डब्ल्यूटीसी फाइनलमा पुग्ने पहिलो टीम बन्यो। दक्षिण अफ्रिका ११ वटा म्याचमा सातवटा जीतको साथ ६६.६७ प्रतिशत पोइण्ट्सको साथ शीर्ष स्थानमा कायम रह्यो। अब तेस्रो डब्ल्यूटीसी फाइनलमा अष्ट्रेलिया र भारतमा एउटा टीम दक्षिण अफ्रिकाको प्रतिद्वन्द्वी हुनेछ। डब्ल्यूटीसी-को पहिलो दुईवटा संस्करणमा फाइनलमा हिस्सा लिने भारतलाई केही महिना अघिसम्म पनि तेस्रोपल्ट फाइनल खेल्ने प्रबल दावेदार मानिएको थियो तर न्यूजील्याण्डविरुद्ध होम सीरीजमा ०-३-ले हार अनि अष्ट्रेलियाविरुद्ध एडिलेड ओवलमा भएको डे-नाइट टेस्ट म्याचमा हारले भारतलाई ठूलो झट्का लाग्यो। मेलबर्नमा जारी चौथो टेस्टको साथमा सिडनीमा हुने पाँचौं टेस्ट पनि जित्न सके भारत फाइनलमा पुग्नेछ तर परिणाममा सामान्य पनि हेरफेर भए अष्ट्रेलियाको पल्ला भारी हुनेछ।

डब्ल्यूटीसी तालिकामा अहिले अष्ट्रेलिया ५८.८९ प्रतिशत पोइण्ट्सको साथ दोस्रो अनि भारत ५५.८९ प्रतिशत पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। अष्ट्रेलियाले भारतविरुद्ध सीरीजपछि श्रीलंकाविरुद्ध पनि २ वटा टेस्ट म्याचको सीरीज खेल्नेछ।