तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट: गणेश लिम्बुको गोलको दममा युनाइटेड दार्जिलिङ एफसी सेमी फाइनलमा प्रवेश

photocollage_20241229191916743

खरसाङ: स्थानीय खेलाडी गणेश लिम्बुको एक‌ मात्र गोलको दममा युनाइटेड दार्जिलिङ एफसी तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको सेमी फाइनलमा प्रवेश गरेको छ‌। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट अन्तर्गत आईतबार दोस्रो क्वाटर फाइनल खेल नर्थ बेंगल आर्म पुलिस र युनाइटेड दार्जिलिङ एफसीमाझ सम्पन्न भएको थियो। पहिलो हाफको खेलमा‌ युनाइटेड दार्जिलिङ एफसीको कप्तान जर्सी नम्बर १० साथै स्थानीय खेलाडी गणेश लिम्बुले २१औं मिनटमा सुन्दर गोल गरेर बढत बनाएका थिए। यही गोल नै अन्त्यसम्म निर्णायक गोल साबित भएको छ। दोस्रो हाफको खेलमा नर्थ बेंगल आर्म पुलिसले गोल गर्ने धेरै प्रयास गरे पनि कुनै गोल गर्न सकेन भने युनाइटेड दार्जिलिङ एफसीले‌ पनि अझ गोल गर्ने प्रयास गरे पनि भएन अनि अन्तत: युनाइटेड दार्जिलिङ एफसी २-१ को अन्तरले खेल जितेर सेमी फाइनलमा प्रवेश गरेको छ। अब आगामी ३१ दिसम्बरमा मोरङ नेपाल र युकेएफसीमाझ हुने क्वाटर फाइनलमा विजय दलसित युनाइटेड दार्जिलिङ एफसीको सेमी फाइनलमा भीडन्त हुने भएको छ। आजको खेलमा गोल गर्ने युनाइटेड दार्जिलिङ एफसीको कप्तान जर्सी नम्बर 10 गणेश लिम्बु चयन भएका छन्। आजको खेलमा मुख्य अतिथिको रुपमा स्थानीय खेलाडी गणेश लिम्बुको पिता उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा इम्प्लोइज युनियन तीनधारेको सचिव विराज प्रधान उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, तीनधारे पुलिस आउट पोष्टको बढाबाबु रमेश विश्वास, उत्तम शर्मा, संगीतकार वरुण रसाईली लगायत अन्यहरु उपस्थित रहेका थिए।

अब सोमवार जर्जियन एफसी कालेबुङ र नर्थ बेंगल फुटबल क्लब सिलगढीमाझ सम्पन्न हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापाले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट फाईनल खेल आगामी १२ जनवरीमा‌ होइन तर दुई दिन अघि १० जनवरी शुक्रबारको दिन सम्पन्न हुने जानकारी गराएका छन्‌‌। उनले दुईवटा सेमी फाइनल भने पूर्व निर्धारित समय ४ र ५ जनवरीमा नै सम्पन्न हुने जानकारी गराएका छन्। उनले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टमा टाडाका नामी नामी फुटबल क्लबहरु आईसकेको र अब मोरङ नेपाल र जर्जियन एफसी कालेबुङको खेल हुन बाँकी रहेको बताएका छन्‌।

उनले तीनधारे लगायत वरिपरिका फुटबल प्रेमीहरुलाई तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको अबको महत्वपूर्ण खेलहरु हेर्नलाई उपस्थित भईदिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement