अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथिको प्रतिबन्ध हटाउन अमेरिकी सर्वोच्च अदालतलाई अनुरोध गरेका छन्। ट्रम्पका वकिलले शुक्रबार अदालतमा कानूनी याचिका दायर गरेका थिए। जसमा ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने विरोध गरेको र पदभार ग्रहण गरेपछि राजनीतिक माध्यमबाट यो समस्या समाधान गर्न चाहेको बताइएको छ। १० जनवरीमा अदालतमा सुनुवाइ हुनेछ जसमा चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी कम्पनीलाई टिकटक बेच्नु पर्ने वा १९ जनवरीमा प्रतिबन्धको सामना गर्नुपर्नेछ। अमेरिकी अधिकारी र सांसदहरूले बाइटडान्स चीनको सरकारसँग जोडिएको दाबी गरेका थिए। तर, कम्पनीले यो दाबीलाई अस्वीकार गरेको छ।