सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा कनकाई फूटबल क्लब (नेपाल)-ले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा आइतवार भएको म्याचमा कनकाई फूटबल क्लब ले संकटा फूटबल क्लब (दार्जीलिङ) विरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीम बाट राजेश दहाल ले २२औं, बबिन बोहोरा ले ५३औं र हेमन लिम्बु ले ६६औं मिनटमा गरे। यसरी संकटा फूटबल क्लब बाट नारायण राजा ले २५औं र नारायण छेत्री ले ५५औं मिनटमा गोल गरे। विजेता टीमका राजेश दहाल ले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यस प्रतिष्ठित टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। सोमवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा सिक्किम पुलिस र राजगञ्ज वेलफेयर एसोसिएशनबीच भिड़न्त हुनेछ।