मेलबर्न: भारतले नीतिश कुमार रेड्डीको शतक (११४ रन) पछि बलरहरूका उत्कृष्ट प्रदर्शनको दममा दबाउ सृष्टि गरे पनि अष्ट्रेलियाले बोर्डर गावस्कर ट्रफीको चौथो टेस्ट म्याचमा आफ्नो स्थिति सम्हाल्यो। भारतले आफ्नो पहिलो ईनिंग्समा ३६९ रन बनाएपछि आइतवार म्याचको चौथो दिन खेल समाप्त हुँदासम्म अष्ट्रेलियाले आफ्नो दोस्रो ईनिंग्समा ९ विकेटमा २२८ रन बनायो। यसरी अष्ट्रेलियासँग अहिले समग्रमा ३३३ रनको बढ़त रहेको छ। दिनको खेल समाप्त हुँदासम्म न्याथन लायन ४१ र स्कट बोलाण्ड १० रन बनाएर खेलिरहेका थिए। भारतीय बलरहरूमा आज जसप्रीत बुमराहले फेरि असल बलिंग गर्दै सर्वाधिक ४ विकेट लिए। यसबाहेक ३ विकेट मोहम्मद सिराजले हासिल गरे। यसअघि शनिवारको स्कोर ९ विकेटमा ३५८ रनदेखि अघि खेल्दै भारतले आज ११ रन जोड़ेर रहल एक विकेट गुमायो। नीतिश कुमार रेड्डी ११४ रन बनाएर आउट भए, जसले ११ वटा चौका र एउटा छक्का लगाए। भारतको पहिलो ईनिंग्समा अष्ट्रेलियाई बलरहरूमा प्याट कमिन्स, स्कट बोलाण्ड र स्पिनर लायनले ३-३ विकेट हासिल गरे।
पहिलो ईनिंग्सको आधारमा १०५ रनको बढ़त हासिल गरी दोस्रो ईनिंग्स शुरु गर्ने अष्ट्रेलियाको आज शुरुवात खराब रह्यो। एक समय त अष्ट्रेलियाले ९१ रनमै ६ विकेटको पतन भइसकेको थियो। त्यहाँबाट आयोजक टीमले मार्नस लाबुशेनको अर्द्धशतकको साथमा कप्तान कमिन्स र लायनको लड़ाकू ब्याटिंगको सहायताले पुनरागमन गऱ्यो। लाबुशेनले सर्वाधिक ७० रन बनाए। उनले १३९ बल खेलेर ३ वटा चौका लगाए। यसरी कमिन्सले ९० बल खेलेर ४ वटा चौका लगाए। लायनले ५४ बल खेलेर ५ वटा चौका लगाइसकेका छन्। अष्ट्रेलियाको पहिलो ईनिंग्समा असाधारण ब्याटिंग गर्ने सेम कोन्स्टास आज केवल ८ रन बनाएर बुमराहको शिकार बने।