खरसाङ: बंगालको दुर्गा पूजालाई युनेस्कोले सांस्कृतिक धरोहरको रुपमा मान्यता दिएकोमा बंगालभरि धन्यवाद ऱ्याली गरिएको छ। यसै अवसरमा खरसाङ थानाको आयोजनामा खरसाङमा एउटा धन्यवाद ज्ञापन ऱ्यालीको आयोजना गरियो। खरसाङको मोटर स्ट्याण्डबाट निकालिएको उक्त ऱ्यालीले ब्यानरको साथमा शहर परिक्रमा गरेपछि पुनः मोटर स्ट्याण्ड पुगेर समापन भएको थियो। ऱ्यालीमा खरसाङ थाना आईसी निबेन्दु सरकार, पुलिसका अन्य अधिकारीहरू, विभागीय कर्मचारीहरू सामेल रहेका थिए। ऱ्यालीको बारेमा पत्रकारहरूलाई बताउँदै खरसाङ थाना आईसी निबेन्दु सरकारले प्रत्येक वर्ष सम्पन्न गरिने दुर्गा पूजालाई युनेस्कोले सांस्कृतिक हेरिटेजको दर्जा प्रदान गरेको अवसरमा बंगालभरि ऱ्यालीको आयोजना गरेर युनेस्कोलाई धन्यवाद दिएका छन् त्यसै अनुरुप खरसाङ पुलिस थानाको तर्फबाट पनि खरसाङमा एउटा धन्यवाद ऱ्यालीको आयोजना गरी युनेस्कोलाई धन्यवाद दिएको बताएका छन्। उनले खरसाङ थानाद्वारा गरिएको यो ऱ्यालीले खरसाङ शहर परिक्रमा गरेर मोटर स्ट्याण्ड आएपछि समापन भएको छ भनी बताए।