सिलगढी: पुलिसले नक्सलबारीको सातभैया मोरमा ट्रकमा भैँसी तस्करी गर्ने योजनालाई असफल बनाएको छ। यस कारबाहीमा पुलिसले ट्रकबाट ४० वटा भैँसी उद्धार गरेको छ। साथै दुई जना पक्राउ परेका छन्। नक्सलबारी पुलिस स्रोतका अनुसार ट्रकमा भैँसी तस्करी भइरहेको गोप्य सूचना पाएपछि पुलिसले सातभैया मोडमा ट्रकलाई नियन्त्रणमा लिएर खोजी गरेको थियो खोजीका क्रममा ट्रकबाट परालको बोरामुनि लुकाएर राखिएका ४० वटा भैंसी उद्धार भएको छ। पुलिस स्रोतका अनुसार बिहारबाट अलिपुरद्वार हुँदै बंगलादेशमा गाईवस्तु तस्करी गर्ने योजना थियो। घटनामा पक्रा परेका जहीरुल इस्लाम र मोफिजुल शेखला असमका बासिन्दा हुन्। आज दुवैलाई सिलगढी महकुमा अदालतमा पठाइएको छ। पक्राउ परेकाहरुलाई हिरासतमा लिएर घटनामा अरु को को संलग्न छन् भन्नेबारे पुलिसले अनुसन्धान गर्नेछ।